Loktantra Khabar National Weekly
Ad

काभ्रेमा युवकको क्रूरतापूर्वक हत्या

लोकतन्त्र खबर
२८ बैशाख २०८१

काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ।

शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए।

करिब २५ वर्षीय मृतक युवकको पहिचान खुलेको छैन।

शव करिब २५/२० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: