Loktantra Khabar National Weekly
Ad

रोशी गाउँपालिकामा आगलागी,पन्ध्र घर नष्ट

लोकतन्त्र खबर
१९ बैशाख २०८१

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा  आगलागी हुँदा  १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका  रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो। वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: