Loktantra Khabar National Weekly
Ad

गुल्मीमा सोलार प्यानल पड्किँदा घरगोठ जलेर नष्ट

लोकतन्त्र खबर
११ बैशाख २०८१

गुल्मी  वैशाख ११, गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट एउटा घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका मोटे कुमालको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाडाकुडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । आगलागीबाट एउटा बाख्रा पनि जलेको प्रहरीले जनाएको छ ।

पछिल्लो एक साताभित्र आगलागीबाट इस्मामा मात्रै ठूलो क्षति भएको छ । गर्मी र सुख्खा सिजन शुरुभएसँगै गुल्मीमा आगलागीबाट करोडौंको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक वनमा लागेको आगो बस्तीमा छिर्दा घर गोठसँगै पशुचौपाया पनि मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: