Loktantra Khabar National Weekly
Ad

जनकपुरमा जलिरहेको अवस्थामा मृत भेटिएकी महिलाको छोरीको पनि जलेर मृत्यु

लोकतन्त्र खबर
६ बैशाख २०८१

जनकपुरधाम  वैशाख ६, जनकपुरमा जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६, पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति ८ बजेतिर महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो जलिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

त्यहाँ जलिरहेको अवस्थामा १० महिने उनको छोरी माही जीवितै फेला परेको तर उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । युवतीको माइत महोत्तरीको पिपरा गाउँपालिका १ हो । पछिल्लाे समय उनको पर पुरुषसँग सम्बन्ध बसेपछि उनी जनकपुरमा बस्दै आएको प्रहरी स्रोतले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: