Loktantra Khabar National Weekly
Ad

सुनसरीका ५ पालिकामा कर्फ्यू हट्यो, भेला जुलुस गर्न भने नपाइने

लोकतन्त्र खबर
२८ चैत्र २०८०

विराटनगर चैत २८ ,स्थानीय प्रशासनले सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यू हटाएको छ । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो ।

कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

दुई समूहबीचकाे विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । शनिबार भएको सर्वदलीय बैठकमा दुवै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यू लगाइएको थियो ।

स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यू जारी गरेको थियो । सबै क्षेत्रको कर्फ्यू मंगलबार राति १२ बजेबाट हटेको छ। अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: