Loktantra Khabar National Weekly
Ad

प्रिन्सको हत्यामा संलग्न अर्जुन पटके अपराधी

लोकतन्त्र खबर
२८ चैत्र २०८०

जनकपुरधाम  चैत २८, जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन साह पटके अपराधी रहेको खुलेको छ ।

गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्मा चोकनजिक महोतरी एकडरा गाउँपालिका–३ भटोलियाटोलका २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगर–४ का २२ वर्षीय अर्जुन भन्ने अजय साहलाई तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ परेका अर्जुनलाई धनुषा प्रहरीले सार्वजनिक गर्दै उनी पटके अपराधी भएको खुलेको बताएको छ ।

प्रहरी अनुसन्धानले अर्जुन विगत २०७२ सालयता पटक–पटक अपराधमा संलग्न भएको खुलेको छ । उनले ‘यस क्षेत्रकाव दादा हुँ’ भन्दै अपराध कर्म गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनले भारती नाकामा लागूऔषध नाइट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने र भनेको कुरा नमाने कुटपिट गर्ने गरेको पाइएको डीएसपी अवाको भनाइ छ ।

डीएसपी अवाका अनुसार अर्जुन पटकपटक अपराध गरेर पक्राउ परेको र जिल्ला प्रहरी कार्यालय धनुषाबाट मुद्दा चलाइएर पुर्पक्षका लागि कारागारसमेत चलान भएर छुटेका व्यक्ति हुन् ।

६ वैशाखमा अर्जुन चोरी मुद्दामा पक्राउ परेर धनुषा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएपछि पछि छुटेका थिए । छुटेको केही समयपछि गत मंसिर ६ गते पुनः अपराधमा उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा चलाइएको थियो ।

२०७८ मंसिर २१ गते उनीमाथि प्रहरीले सार्वजानिक शान्तिविरुद्धको कसुर मुद्दामा पक्राउ गरेर मुद्दा चलाएको थियो । २०७२ साउन ३२ मा उनीमाथि सार्वजानिक अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी अवाले बताए ।

बसबाट खसालेर प्रिन्समाथि छुरा प्रहार

धनुषाका प्रहरी प्रवक्ता अवाका अनुसार गत सोमबार अर्जुन, मृतक प्रिन्स र रोशन कुमार जटही नेपाल भारत सीमा धनुषाको जटही पुगेको बेला उनीहरुबीच विवाद भएको थियो ।

त्यहाँबाट फर्किने क्रममा जकपुरको विश्वकर्मा चोकमा अर्जुनले प्रिन्सलाई कठालो समातेर बसबाट रोडमा खसालेर कुटपिट गर्दै आफूले बोकेको चक्कु झिकेर प्रिन्सको छातीको बाँया भागमा प्रहार गरेका थिए ।

त्यहाँबाट प्रिन्स र रोशन भाग्न भाग्न खोजेका थिए भने छुरा लागेका बेहोस भएका रोशनलार्य प्रादेशिक अस्पताल जनकपुर पु¥याउँदा चिकित्सकले मृत घोष्णा गरेका थिए ।

मृतक प्रिन्स स्वर्गीय लाल महासेठका छोरा हुन् । उनकी आमा सुमित्रा कुमारी साह जनकपुरमा फलफूलको व्यवसाय गर्दै छोरा हुर्काउँदै आएकी थिइन् ।

पक्राउ परेका अर्जुनमाथि कर्तव्यज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी अवाले बताए । अनलाइन खबर

 

 

प्रतिक्रिया दिनुहोस्: