Loktantra Khabar National Weekly
Ad

सांसद अब्दुल खान चढेको गाडी कृष्णभिरमा दुर्घटना

लोकतन्त्र खबर
२६ चैत्र २०८०

जनमत पार्टीका सांसदसमेत रहेका पूर्वखानेपानी मन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटनामा परेको छ।

सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले बताए।

बिएसी २७३५ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा चार जना घाइते भएका हुन्। सांसद खानको दाहिने हातमा चोट लागेको छ। साथै अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ।

उनीहरूलाई उपचारको लागि मलेखु अस्पताल पठाइएको थियो। त्यहाँबाट थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक लामाले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: