भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ का २३ वर्षीय अमृत थापामागर पक्राउ परेका हुन्।
उनलाई प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले सनिवार साँझ पक्राउ गरेको हो।
थापामगरले बालिकालाई माघ १८ गतेदेखि पटक-पटक बलात्कार गरेको उजुरी छ।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

