Loktantra Khabar National Weekly
Ad

सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो

लोकतन्त्र खबर
१६ चैत्र २०८०

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: