Loktantra Khabar National Weekly
Ad

भारतीय मूलका क्रिकेटर निखिल चौधरीले कारमै युवतीलाई बलात्कार गरेको आरोप

लोकतन्त्र खबर
१४ चैत्र २०८०

भारतीय मूलका क्रिकेटर निखिल चौधरीलाई बलात्कार अभियोग लागेको छ।

एक अस्ट्रेलियाली युवतीले उनलाई बलात्कारको आरोप लगाएकी हुन्। निखिलले आरोप निराधार भएको बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुद्दा अस्ट्रेलियाको टाउन्सभिल जिल्ला अदालतमा सुनुवाइ हुनेछ।

पीडित युवतीका आफन्तले आफूले बलात्कार भएको भन्दै युवती रोएको देखेको जिल्ला अदालतमा बताएका छन्।

निखिलले कारमै युवतीलाई बलात्कार गरेको ती आफन्तको दाबी छ।

घटना फ्लिन्डर्स स्ट्रिटमा भएको बताइएको छ। नेपालखबर

प्रतिक्रिया दिनुहोस्: