Loktantra Khabar National Weekly
Ad

अदालतका कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएकी महिला कारागार चलान

लोकतन्त्र खबर
१० चैत्र २०८०

दाङ जिल्ला अदालतका एक कर्मचारीलाई  बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन्।

अदालतका ती कर्मचारीले केही समय पहिले घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिलाविरूद्ध आफूलाई हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।

अदालतका ती कर्मचारीले प्रहरीमा दिएको किटानी जाहेरीमा  आफूसँग महिलाले अनुचित लाभ लिन खोजेको कुरा उल्लेख छ।

सम्बन्धबिच्छेद पछि अंशमुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै  कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी थिइन्।

तहसिलदारसँग २५ हजार रूपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएकी थिइन्। त्यसपछि आफू बाध्य भएर प्रहरीमा जानु परेको तहसीलदारले सेतोपाटीलाई बताए।

अनुसन्धानबाट महिलाले ती कर्मचारीलाई हनी ट्र्यापमा पारी अनुचित लाभ लिन खोजेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई बताए ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले सोही ब्यहोरासहितको ती महिलाविरूद्ध मुद्दा चलाएको थियो। चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासमा भएको सुनुवाइमा ती महिलालाई डेढ लाख  धरौटीमा छाड्न आदेश दिएको थियो।

धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएकी हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: