Loktantra Khabar National Weekly
Ad

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

लोकतन्त्र खबर
१० चैत्र २०८०

चैत  पाल्पा १०, पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको हो । खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: