Loktantra Khabar National Weekly
Ad

रूरूमा भेटियो ५०० किलोको शालिग्राम

लोकतन्त्र खबर
८ चैत्र २०८०

गुल्मी चैत ८ , गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रूरूमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ ।

रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा तथा अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् ।

स्थानीयबासी सुन्दर कशजुका अनुसार कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइए पनि ठूला खालका कमै भेटिन्छन् । शालिग्राम विभिन्न रंग र प्रकारमा पाइए पनि कालो रंगकोलाई हिन्दूहरूले पुज्दै आएका छन् ।

दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएको कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा शालिग्राम पाइन्छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: