Loktantra Khabar National Weekly
Ad

प्युठानबाट बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

लोकतन्त्र खबर
७ चैत्र २०८०

दाङ चैत ७ , प्युठानबाट रूपन्देहीको बुटवल जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

रा १ ज ७६० नम्बरको टाटा सुमो र ना ५६ प १३८१ नम्बरको  दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ बगासोतीमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।

घाइते भएका उनलाई भालुबाङ अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइतेको परिचय खुलेको छैन ।

भाडाको टाटा सुमोको अगाडिको सिसा फुटेको छ । त्यसमा सवार यात्रु भने सकुशल छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: