Loktantra Khabar National Weekly
Ad

बायर्न र पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

लोकतन्त्र खबर
२३ फाल्गुन २०८०

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख र फ्रेञ्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

मंगलबार राति लाजियोलाई ३-० गोलले हराउँदै बार्यन अन्तिम आठमा पुगेको हो । बार्यनका लागि ह्यारी केन दुई तथा मुलर एक गोल गरे ।

यस्तै, पीएसजीले स्पेनिस क्लब रियल सोसिडडालाई समग्रमा ४-१ गोलले पछि पारेर अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

पहिलो लेगमा २-० गोलले विजयी भएको पीएसजीले मंगलबार २-१ गोलको जीत निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।अनलाइन नेपाल

प्रतिक्रिया दिनुहोस्: