Loktantra Khabar National Weekly
Ad

चितवनमा स्कुलबाट घर फर्किंदा हराएका बालक हेटौंडामा भेटिए

लोकतन्त्र खबर
२० फाल्गुन २०८०

चितवन  फागुन २०,  चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् ।

भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले निकेशलाई हेटौंडामा फेला पारिएको जानकारी दिएको छ । उनी किन, कसरी त्यहाँ पुगे भन्नेबारेमा भने प्रहरीले खुलाएको छैन ।

निकेशलाई हेटौंडाकै सामुदायिक प्रहरीमा राखिएको छ । उनका आफन्त त्यहीँ पुगेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका-१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: