चक्रघट्टा, सर्लाही
फाल्गुण १६ गते ,
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मंगलवारदेखि शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० बुधवार सम्पन्न भएको छ ।
चक्रघट्टा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित प्रतियोगिता पालिकाको ४ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
पालिकाको वडा नं. १ शिवनगरको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा जनता माध्यमिक विद्यालय चक्रघट्टा ५ पडरिया प्रथम भएका छन् ।
पडरियाले ७ स्वर्ण, ४ काँस्य र २ रजत पदक जित्दै प्रथम स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी ५ स्वर्ण, ७ काँस्य र ३ रजत पदकका साथ रामजानकी माध्यमिक विद्यालय चक्रघट्टा ९ खोरिया दोस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी ३ स्वर्ण, २ काँस्य र ९ रजत सहित जनता माध्यमिक विद्यालय चक्रघट्टा २ बेल्ही तृतीय स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुष तर्फ ९ वटा र महिला तर्फ ८ ओटा खेल संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामस्वार्थ यादवले जानकारी दिएका छन् ।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले प्रथम, दोस्रो तथा तेस्रो स्थान प्राप्त गरेका विद्यालयहरुलाई ट्रफी प्रदान गरेका थिए ।

