Loktantra Khabar National Weekly
Ad

सुस्त मनस्थितिकी बालिका बलात्कार आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा रोल्पामा एक वृद्ध पक्राउ परेका छन्।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–१ घोडा गाउँका ६३ वर्षीय शेरे कामी सुस्त मनस्थिति भएकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले घरमा कोही नभएको मौका छोपी ६३ वर्षीय कामीले ती बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको बताए।

बालिकाका आमाबुवा बजारमा सामान किन्न गएको समयमा एक्लै घरमा रहेकी सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको किटानी जाहेरीपछि कामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुप्ताले बताए।

पानी पिउने बहानामा पुगेका कामीले पानी मागेर खाएपछि बालिकालाई पसलमा खानेकुरा किनिदिने भनी झुक्याएर एकान्तमा पुर्‍याइ बलात्कार गरेको पीडितको तर्फबाट प्रहरीले उजुरी परेको छ।

आमा–बुवा बजारमा सामान लिन गएको र बहिनीपछि बुवाआमाको सामान बोकेर ल्याउन भनी घरबाट गएको समयमा राति बालिकालाई एकान्तमा लगेर बलात्कार गरेको भन्ने खुलेको प्रहरी अधिकारीहरूले बताएका छन्।

घटना राति साढे ९ बजे रातिको हो। उजुरीपछि आरोपितलाई पक्राउ गरी ‘जबरजस्ती करणी’ शीर्षकमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: