Loktantra Khabar National Weekly
Ad

युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

सिरहामा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दास पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: