Loktantra Khabar National Weekly
Ad

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार, महिला पक्राउ

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

जनकपुरधाम  फागुन १५, धनुषाको जनकपुरधामबाट अपहरणमा परेका  एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।

जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।

गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट बालकको उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी  दिए ।

स्थानीयले जकपुरधाम उपमहानगरपालिका-२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलले बालक अपहरण गरेर लगेको प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा उनीसँगै बालक फेला परेका हुन् ।

मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी अवाले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: