सरोज कुमार यादव–
सर्लाही ३० श्रावण । मित्र राष्ट्र भारतको ७९ औ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मलंगवामा मनाएको छ । मलंगवा नगरपालिकाको सभाहलमा नेपाल भारत मैत्री संघ नामक संस्थाले मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता मनाएको हो ।
नेपाल भारत मैत्री संघका अध्यक्ष रामानन्द मिश्रको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा रहेका थिए । कार्यक्रमा दुबै देशको राष्ट्र गान वाचन गरेर सुनाएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रिय कार्यालयको सहयोगमा कक्षा १० मा अध्यणरत बिधार्थीहरुलाई उतर पुस्तिका बितरण गरिएको संघका निवर्तमान अध्यक्ष सत्यनाराण अग्रवालले बताउनु भयो ।
नेपाल भारत मैत्री संघले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि हरेक साल मनाउदै आएको छ । कार्यक्रममा उपाध्यक्ष विशेश्वर साह सोनार, सचिव अमित कुमार अग्रवाल, पुर्व प्र.अ. रमेश लाल कर्ण, रामदर्शन राय, पुर्व प्र.अ. गोविन्द लाल कर्ण, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी लगायत राजनीतिकदलका प्रतिनिधी, जनप्रतिनिधी र बिधार्थीहरुको कार्यक्रममा सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

