Loktantra Khabar National Weekly
Ad

मलंगवा नगरपालिकाद्वारा SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित

लोकतन्त्र खबर
१९ असार २०८२

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ १९  मलंगवा नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच कदरपत्र प्रदान गरी सम्मान गरेको छ।

 

संस्थागत विद्यालयतर्फ छात्र वर्गमा जेसिज स्कूलका आदित्य यादवले ३.९६ जीपीए र छात्रा वर्गमा सोही विद्यालयकी अस्तुती झाले ३.९५ जीपीए प्राप्त गर्दै उत्कृष्ठता हासिल गरेका छन्।

 

त्यस्तै, सामुदायिक विद्यालयतर्फ श्री पब्लिक मावि, मलंगवा-२ का सन्तोष कुमार यादव, फिरोज बैठा र उत्सव भूषण सिंहले ३.८२ जीपीए र छात्रा अञ्जली यादवले ३.७९ जीपीए प्राप्त गरी विद्यालयको नाम उच्च बनाएका छन्। शिक्षा शाखा प्रमुख प्रमोद मण्डलका अनुसार, यी सबै विद्यार्थीलाई नगर प्रमुख नागेन्द्र प्रसाद यादवले कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्।

 

शिक्षा शाखाका अनुसार, यस वर्ष SEE परीक्षामा नगर क्षेत्रभित्रका ६ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय सहभागी भएका थिए। सामुदायिक विद्यालयमध्ये श्री पब्लिक माविले ९४.५५ प्रतिशत नतिजा ल्याउन सफल भएको छ भने संस्थागततर्फ ५ विद्यालयमध्ये ४ विद्यालयको परिणाम सतप्रतिशत रहेको छ।

 

कार्यक्रममा नगर प्रमुख यादवले उत्कृष्ट विद्यार्थीहरूलाई बधाई दिँदै भावी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिने खालका शुभकामना व्यक्त गरे।
सम्मानित भएका विद्यार्थीहरुले यस किसिमको सम्मानले उच्च शिक्षाका लागि आफुहरुमा थप उर्जासँगै प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्: