
लोकतन्त्र समाचारदाता-
सर्लाही,असाढ १३ युनेस्कोका क्रियाकलापहरुमा आधारित सार्वजनिक सुनुवाई तथा प्रवोधिकरण कार्यक्रम बिहिवार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।
युनेस्कोको द्वारा विभिन्न बिषयहरुमा स्थानीय स्तरमा संचालन भईरहेका क्रियाकलापहरुको जानकारी साथै आगामी दिनमा स्थानीय सरकार सँग मिलेर क्रियाकलापहरु कसरी बढाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलनसहित छलफल गर्ने उदेश्यले मलंगवा -१० स्थित मलंगवा पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
बुधबार र बिहीबार गरि २ दिनसम्म चलेको उक्त कार्यक्रममा ५० जना बढीको सहभागीता रहेको थियो ।
कार्यक्रममा आयोजक संस्थाको तर्फबाट युनेस्कोको बारेमा कार्यपत्र प्रस्तुत सँगै विद्यालय स्तरमा विद्यार्थीहरुको सिर्जनात्मक तथा प्राविधिक ज्ञानको वृद्धिका लागि केही महिना अगाडी बलरा नगरपालिका सँगको सहकार्यमा सोही पालिकामा आयोजना गरिएको विज्ञान प्रदर्शनी र सो बाट प्राप्त उपलब्धि साथै अन्य विभिन्न क्रियाकलापहरुको विषयमा छलफल गरिएको थियो।
युनेस्कोले शिक्षा, संस्कृति, बिज्ञान,आम संचार तथा मानव समाजका प्रमुख बिषय क्षेत्रलाई लिएर बिश्व शान्ति र सम्वृद्धिका लागि समर्पित अवधारणा तथा अभियानलाई मार्गदर्शकको रुपमा लिएर अगाडी बढिरहेको सह(महासचिव रामेश्वर प्रसाद यादवले बताए ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सह -महासचिव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा,आयोगका सदस्य डा। कमलेश्वर कुमार सिन्हा,सदस्य जितेन्द्र सिंह ,नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर,विभिन्न विद्यालयका प्र।अ,शिक्षक,विद्यार्थी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।