Loktantra Khabar National Weekly
Ad

सुनचाँदीका गरगहनामा भ्याट लगाएपछि सर्लाहीका सुनचाँदी व्यवसायीहरू आन्दोलित

लोकतन्त्र खबर
३० जेष्ठ २०८२

बखतियार अलि–
सर्लाही २९ जेठ । सर्लाही लगायत देशभरका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि विहिवार सर्लाहीका सबै सुनचाँदी व्यवसायीहरू अ–आफनो पसलमा ताला बन्द गरेर आन्दोलन गर्न थालेको छ ।

 

सामुहिक रुपमा पसल बन्द गरेर आज दिउसो २ बजेको समयमा सबै सुनचाँदी व्यवसायीहरूले आ–आफनो पसलको साचो सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई बुझाएर प्रदर्शन गर्ने कार्यक्रम रहेको व्यवसायीहरुले जनाएको छ ।

 

सुनचाँदी व्यवसायी संघ र सुनचाँदी कालीगढ संघले १० लाख रुपियाँ भन्दा माथिका गरगहनामा मात्रै लाग्ने विलासिता करलाई हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट लगाइनु तथा हिरा र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाइनु उपभोक्ता माथि अन्यायपूर्ण आर्थिक भार सरकारले थपेको वहाहरुको भनाई छ ।

 

संघले जारी गरेको विज्ञप्ति अनुसार सुनचाँदीका गरगहना नेपालमा विलासिता नभई परम्परा, संस्कृति, रीतिरिवाज तथा सामाजिक जीवनको अभिन्न हिस्सा रहेकोले विलासिता कर तथा भ्याट रकम हटाउनु पर्ने जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने उधोग वाणिज्य संघ सर्लाहीका महासचिव सुजय रायले बताए ।

 

त्यस्ता वस्तुहरूमा कर वृद्धि गर्नुले आम नागरिकको बचत र लगानी माथि प्रत्यक्ष असर पर्ने रायको भनाई छ । मित्रराष्ट्र भारतको तुलनामा मूल्य वृद्धि अत्यधिक भएकाले यसले चोरीपैठारी र अवैध कारोवार बढ्ने खतरा पनि रहेको व्यवसायीहरुको भनाई छ ।

 

सुनको मूल्य दिन प्रति दिन आकाशिएको र बजार मन्दीमा रहेको बेला सरकारले लगाएको थप करले पसल, व्यवसाय चौपट हुने र बजारमा झन् गिरावट आउने भएकोले अनुचित कर चुरुन्तै हटाउन व्यवसायीहरुले जोडदार माग गरेको छ ।

 

सरकारको कर सम्बन्धी नया नीतिले लाखौं व्यवसायी, कालीगढ र मजदुरको जीविकोपार्जन संकटमा पर्नेछ । सरकारले लगाएको कर अविलम्व हटाउनु पर्छ । सरकारले लगाएको कर सचियाईएन भने सुनचाँदी व्यवसायीहरू कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: