Loktantra Khabar National Weekly
Ad

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा नयाँ एसपी र डिएसपीको स्वागत

लोकतन्त्र खबर
७ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता-
सर्लाही,जेठ ६  सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीले जिल्लामा पदस्थापन हुनुभएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० र प्रहरी नायब उपरीक्षक ९डिएसपी० स्वागत गरेको छ।मंगलबार सेवा केन्द्रका अध्यक्ष संजय प्रसाद गुप्ताको अध्यक्षतामा केन्द्रको आफ्नै प्रांगणमा एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय सर्लाहीका नवपदस्थ एसपी योगेन्द्र कुमार खड्का र डिएसपी सरोज राईलाई संयुक्तरूपमा स्वागत गरिएको हो।

 

स्वागत कार्यक्रममा बोल्दै सेवा केन्द्रका अध्यक्ष गुप्ताले सामुदाय र प्रहरीको सम्बन्धलाई अझ बलियो बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए। समाजिक विवादलाई मिलाउन केन्द्र सदैव तत्पर रहेको बताउँदै उनले यसै कार्यक्रम मार्फत जिप्रकामा दर्ता भएका सामाजिक स्तरमा मिलाउन मिल्ने निवेदनहरु सामुदायिक प्रहरी सेवा केन्द्रमा पठाइदिन प्रहरी प्रमुख खडकासँग उनले आग्रह गरे।

 

एसपी खडकाले सर्लाहीमा शान्ति, सुव्यवस्था र अपराध नियन्त्रणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै स्थानीयहरूसँग सहकार्यमा काम गर्ने बताए।
कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका बरिस्ठ सल्लाहकार ऐजाउल मिया मुकेरीले राखेका थिए भने मलंगवा ७ मुसैलीका वडाअध्यक्ष ईशा मिकरानी,संगिता परियार ,मिरा रानीलगायतले सुभकामना मन्तव्य राखेका थिए।

 

मलंगवा नगरपालिका वडा न-८ का वडा अध्यक्ष मुकेश जयसवालले संचालन गरेको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, सेवा केन्द्रका पदाधिकारीहरु,स्थानीय बुद्धिजीवी वर्ग तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: