Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा किशोरीको अधिकार र उत्थानका लागि ‘आभा’ परियोजना सुरु

लोकतन्त्र खबर
२ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—-
सर्लाही, जेठ १   किशोरीको अधिकार संरक्षण र उत्थानशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीको चार गाउँपालिकामा ‘आभा’ परियोजना सुरु गरिएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (आरआरपिके) मलंगवाले बगैंचा होटल, नयाँरोडमा आयोजित कार्यशाला गोष्ठीमार्फत परियोजना शुभारम्भ गरेको हो।

२०२९ सम्म सञ्चालन हुने उक्त परियोजना धनकौल, बसबरिया, चक्रघट्टा र कौडेना गाउँपालिकामा लागू हुनेछ। परियोजनामार्फत १९,०६८ बालबालिकामा प्रभाव पार्ने लक्ष्य राखिएको छ। गोष्ठीमा प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यता रहेको थियो।

 

परियोजनाले किशोरीहरूलाई शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैंगिक समानता र आत्मनिर्भरताको क्षेत्रमा सशक्त बनाउनेछ। साथै, बालविवाह न्यूनीकरण तथा आर्थिक सशक्तीकरणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय पालिका प्रतिनिधिहरूले परियोजनाको स्वागत गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्: