Loktantra Khabar National Weekly
Ad

मेरोमाइक्रोफाइनान्सको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
२९ चैत्र २०८१

लोकतन्त्र समाचारदाता-
सर्लाही , चैत ३०
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कबिलासी शाखाको आयोजनामा वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम बिहीबार मलंगवास्थित होटल सुजातामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी नेपालका सर्लाही जिल्ला अध्यक्ष दिगेश्वर नायक रहेका थिए भने अध्यक्षता संस्थाका शाखा प्रबन्धक राजकुमार चौधरीले गरेका थिए।
कार्यक्रममा आर्थिक वर्ष २०८१ मा केन्द्र मूल्यांकनमा उत्कृष्ट स्थान हासिल गर्ने महिला केन्द्रहरुलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो। मूल्यांकनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल क्रमशः मेरो राम जीवन बाबा महिला केन्द्र कबिलासी(६ जमुनिया,मेरो राजदेवी महिला केन्द्र मलंगवा (११ गम्हरिया तथा मेरो भोले शंकर महिला केन्द्र चक्रघट्टा(१ शिवनगर र मेरो फरिद टोल महिला केन्द्र चन्द्रनगर(३ फरिदटोल केन्द्रहरूलाई सम्मान गरिँदा सहभागीहरुमा उत्साह थपिएको थियो।
प्रमुख अतिथि नायकसहित कबिलासी नगरपालिकाका उपमेयर पुनम कर्ण, मेयर प्रत्यासी रामकिशोर प्रसाद कुशवाहालगायतका विशिष्ट अतिथिहरुले कार्यक्रममा मन्तव्य राख्दै वित्तीय साक्षरताको महत्त्व र महिलाको सशक्तिकरणमा लघुवित्त संस्थाहरूको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा संस्थाका पदाधिकारीहरू, विभिन्न महिला बचत समूहका सदस्यहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले वित्तीय चेतना अभिवृद्धि गर्दै महिला सदस्यहरूमा थप आत्मविश्वास र सक्रियताको भावना जागृत गराएको सहभागिहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्: