Loktantra Khabar National Weekly
Ad

ठुलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ, एक जना फरार

लोकतन्त्र खबर
५ चैत्र २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,चैत ६
प्रहरीले सर्लाहीको कबिलासी नगरपालिका बाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ भने एक जना फरार भएको छ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले  सोमबार अपराह्न २:३० बजेको समयमा मलगंवा-नवलपुर सडकखण्ड अन्तर्गत कबिलासी नगरपालिका वडा न-१०, चमेली माईको मन्दिर नजिक प्रदेश २-०३-०१८ प ९८३२ नम्बरको स्कुटी रोकेर जाँच गर्ने क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार स्कुटी चालक घटनास्थलबाट स्कुटी छोडी भाग्न सफल भए पनि पछाडि सवार व्यक्ति भने  पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती न.पा वडा न-५, टेकानी टोलका २८ वर्षीय गजेन्द्र नारायण महतो रहेका छन्।
स्कुटीको चेकजाँच गर्दा प्याज राखिएको झोलाभित्र लुकाईछिपाई राखेको ONEREX-100 ML का ८६ बोतल, WINCEREX-100 ML का २७ बोतल, तथा TRAMANI-IP 50 mg लेखिएको २९० वटा ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
महतोलाई बरामद सामग्रीसहित पक्राउ गरि सर्लाही जिल्ला अदालतबाट थप ७ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाई सकेको प्रवक्ता राईले जनाएको छ। फरार रहेका स्कुटी चालकको पहिचान तथा खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्: