Loktantra Khabar National Weekly
Ad

बसबरियामा सवारी दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

लोकतन्त्र खबर
२ चैत्र २०८१

लोकतन्त्र समाचारदाता
सर्लाही, चैत ३

सर्लाहीको बसबरिया गाउँपालिका(३ स्थित मधुवनी सडकखण्ड नजिक घनकौल जाने नहरको बाटोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

शुक्रवार राति भएको उक्त दुर्घटनाबारे इलाका प्रहरी कार्यालय मानपुरमा बिहान करिब ८स्०० बजे जानकारी प्राप्त भएको थियो। घटनास्थलमा मोटरसाइकलको सिट, भाइजर र हेडलाइट फेला परेकोले सोही क्षेत्रमा दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

प्रहरीका अनुसार, दुर्घटनामा परी बसबरिया गाउँपालिका(२ निवासी २५ वर्षीय राजीव पासवानको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, सोही ठाउँका २० वर्षीय धन्नजय यादव गम्भीर घाइते भएका छन्। उनको टाउको र मुखमा गम्भीर चोट लागेको छ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मानपुरबाट गएको प्रहरी टोलीले घाइतेलाई तत्काल बरहथवा स्थित गोल्डेन अस्पताल पठाएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगंज रेफर गरिएको छ।

घटनास्थल इलाका प्रहरी चौकी भवानीपुरबाट करिब २ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्: