Loktantra Khabar National Weekly
Ad

हजारौ नेपाली नागरिकको बलिदानबाट प्राप्त गणतन्त्र उल्टाउने दुसाहस हुदैछ–प्रचण्ड

लोकतन्त्र खबर
२३ फाल्गुन २०८१

बखतियार अलि–
सर्लाही । हजारौ नेपाली नागरिकको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र केहि व्यतिm र पार्टीहरुले उल्टाउने दुसाहस हुदैछ ।

 

संघीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा उठेका हरेक आवाजको बिरुद्धमा नेकपा माओवादी केन्द्र सडक र सदन दुबै तिरबाट संघर्ष गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बताउनु भएको छ । आवश्यक परेको खण्डमा लाखौ जनता सडकमा उतार्नेमा वहाले चेतावनी समेत दिनुभयो ।

 

नेकपा माओवादी केन्द्रद्वारा आयोजित तराई–मधेश यात्रा अभियान अन्तर्गत शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै वहाले यो कुरा बताउनु भएको हो ।

 

सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउदै जनतासँग माओवादी भन्ने नाराका साथ तराई–मधेस जागरण अभियान’ शुरु गरिएको पार्टीका उपमहासचिव मातृका यादवले बताउनु भयो ।

 

यादवले थप्दै भने संघीय लोकतान्त्रिक गणतन्त्र माथि अहिले बिभिन्न तरिकाले प्रहार भईरहेको छ । कांग्रेस एमालेको संगतमा परि माओवादी पनि बिग्रेको थियो ।

 

माओवादी केन्द्रको नेपाली जनता संग सम्बन्ध टुटियो तेसैले पाटीका अध्यक्ष कोमरेड पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्पमा अहिले हामि जागरन अभियानमा छौं ।

 

राष्ट्रिय गौरवको आयोजना नाम दिएको हुलाकी राजमार्ग नबन्दा मधेशका जनता दुख भोगि रहेको छ । अब राजा आउछ भन्ने प्रश्नमा यादवले भने पुर्व राजा ज्ञानेन्द्रको बुद्धि बिग्रेको छ ।

 

नेपाली जनताले अब राजालाई कुनै पनि हालतमा स्विकार नगर्ने उपमहासचिव मातृका यादवले बताउनु भयो । कार्यक्रममा सहभागि माननीय महेन्द्र प्रसाद यादवले कार्यक्रमामा सम्बोधन गर्दै भने पछाडी परेका वर्ग समुदायको पहिचानका लागि सदैव आवाज उठाउने पार्टी भनेको माओवादी हो ।

 

मधेशी जनताको लागि माओवादी पार्टी एकमात्र बिकल्प रहेको वहाले जिकिर गरे । सर्लाहीका नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौल लगायतका एक दर्जनभन्दा बढी स्थानमा शुक्रबार सभा र कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट जाने कार्यक्रम रहेको पार्टीले जनाएको छ । माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: