
मनोज यादव-
सर्लाही,फाल्गुन २३
प्रादेशिक अस्पताल मलंगवामा कार्यरत केही डाक्टरहरू बिरामीहरूको उचित उपचार नगरी निजी अस्पतालहरूमा रेफर गर्ने गरेका छन्। स्थानीय नागरिकहरूका अनुसार यहाँ कार्यरत डाक्टरहरु सरकारी अस्पतालमा सहजै उपचार पाउनुपर्ने बिरामीहरूलाई विभिन्न बहानामा निजी अस्पताल वा क्लिनिकमा जान बाध्य पार्ने गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा भइरहेको यस्तो अनियमितताका कारण गरिब तथा विपन्न वर्गका नागरिकहरू सबैभन्दा बढी मारमा परेका छन्। केही डाक्टरहरू निजी अस्पताल तथा डायग्नोस्टिक सेन्टरहरूसँग साँठगाँठ गरेर उपचार गर्न नसकिने भन्दै बिरामीहरूलाई आफैले संचालन गरेको क्लिनिक वा अन्य प्राइभेट अस्पतालमा पठाउने र त्यसको बदलामा मोटो कमिसन लिने गरेको सेवाग्राहीहरुको आरोप छ।
मलंगवाका एक स्थानीय बिरामी जुगेश्वर यादव ९परिवर्तित नाम० ले भने, ूप्रादेशिक अस्पतालमा उपचारका लागि गएका थियौं, तर डाक्टरले यहाँ राम्रो उपचार सम्भव छैन भनेर मलंगवामै रहेको एक निजी अस्पताल पठाए। त्यहाँ धेरै शुल्क लिइयो, जसका कारण ठूलो आर्थिक बोझ पर्यो।ू
त्यस्तै अर्का पीडित सुगिया देवीका अनुसार, ूसरकारी अस्पतालमा निःशुल्क वा कम खर्चमा उपचार पाइने आशमा गएका थियौं, तर डाक्टरले यहाँ उपचार हुँदैन भनेर निजी अस्पतालमा पठाए ू
प्रादेशिक अस्पताल मलंगवामा कार्यरत केही डाक्टरहरू सरकारी सेवा सुविधा लिएर काम गर्दै आएका भए पनि उनीहरू निजी अस्पताल तथा क्लिनिकहरूमा समेत संलग्न रहेका छन् । स्थानीयवासीका अनुसार, सरकारी अस्पतालमा तोकिएको समयमा बिरामी नहेरी, ती डाक्टरहरू निजी अस्पताल वा आफ्नै क्लिनिकमा बढी समय बिताउने गरेका छन्।
मलंगवा स्थित प्रादेशिक अस्पताल परिसरमा भेटिएका एक जना पीडित बिरामीका अनुसार आफु यहाँ उपचार गराउनको लागि आएको घण्टौ भइसक्यो डाक्टर आफ्नो ठाउँमा हुनुहुन्न । पछि थाहा भयो, उहाँ नजिकैको निजी अस्पतालमा जानुभएको रहेछन्।उनी भन्छन्, ूसरकारी अस्पतालमा समयमा डाक्टर भेट्न गाह्रो छ, तर पैसा तिरेर निजी क्लिनिकमा जाँदा तुरुन्तै उपचार पाइन्छ।ू
यस प्रकारको लापरबाही तथा अनियमितता रोक्न सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक देखिन्छ। स्वास्थ्य सेवालाई व्यवसायीकरण गर्न खोज्ने चिकित्सकहरूलाई कानुनी दायरामा ल्याउन नसक्ने हो भने गरिब वर्गको स्वास्थ्य सेवा झन् प्रभावित हुने चिन्ता बढेको छ।
स्थानिय अधिकारकर्मीहरूले यस विषयमा सरकार र सम्बन्धित निकायले तुरुन्त ध्यान दिनुपर्ने माग गरेका छन्। यस विषयमा सम्बन्धित निकाय तथा अस्पताल प्रशासनको ध्यान जान आवश्यक देखिए पनि यस्तो कार्यमा अस्पताल प्रशासनको पनि मिलेमतो रहेको देखिन्छ ।