Loktantra Khabar National Weekly
Ad

केक काटेर मनाए मलंगवा नगरपालिकाले आफ्नो ३८ औं स्थापना दिवस

लोकतन्त्र खबर
१९ फाल्गुन २०८१

मनोज यादव–
सर्लाही, फाल्गुन १९
मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न भएको छ । सर्लाही जिल्लाकै सबैभन्दा जेठो नगरपालिकाको पहिचान बोकेको मलंगवा नगरपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरि आइतवार आफ्नो ३८ औं स्थापना दिवस मनाएको हो ।
दिवसको अवसरमा नगरपालिकामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत म्युजिकल चेयर, गाग्रो फुटाउने, हाजिरी जवाफ ,शिक्षक निबन्ध ,विद्यार्थी निबन्ध, गीत तथा नृत्य लगायतका आधा दर्जन प्रतियोगिताहरुको आयोजना र पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरिएको समारोहका व्यवस्थापक एवं शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी दिए ।
नगरपालिकाको प्रांगणमा सम्पन्न भएको कार्यक्रमको नगरप्रमुख नागेन्द्र प्रसाद यादवले केक काटेर उद्घाटन गरेका थिए ।
तर,मलंगवा नगरपालिकाले आफनो स्थापना दिवसको समारोह मनाई राख्दा उक्त कार्यक्रममा एक(दुई जना बाहेक सो पालिकाबाट निर्वाचित एउटा अन्य वडाअध्यक्षहरुको सहभागिता देखिएन । मलंगवा नगरपालिकामा जम्मा १२ वटा वडाहरु रहेका छन्। कार्यक्रममा सबै वडाध्यक्षहरु उपस्थित नहुँदा खल्लो लागेको कार्यक्रममा उपस्थित भएका नगरबासीहरुले बताएका थिए ।
नगरप्रमुख यादवको अध्यक्षता नगर उपप्रमुख शकुन्तला देवी साह तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा वडा न(४ का वडाअध्यक्ष प्रमोद राय यादव,वडा न(९ का वडा अध्यक्ष इशा मिकरानी,विभिन्न वडाका वडा सदस्य ,कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार र नगरबासीहरु लगायतको उपस्थिति रहेको थियो। नगर स्थापना दिवसको अवसरमा नगरपालिका भित्र सार्वजनिक बिदा समेत दिइएको थियो ।
मलंगवा नगरपालिका नेपालको मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको सदरमुकाम हो। यस नगरपालिकाको स्थापना वि।सं। २०४३ साल फागुन १८ गते तत्कालीन नगरपञ्चायतको रूपमा भएको थियो, जसले गर्दा यो सर्लाही जिल्लाको पहिलो नगरपालिका बन्यो। स्थापना पछि, नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णयानुसार तत्कालीन मुसैली गाविसलाई मलंगवा नगरपालिकामा समावेश गरिएको थियो। त्यसपछि, २०७३ फागुन २७ गतेको निर्णयानुसार गम्हरिया, खुटौना र भांडसर गाविसहरूलाई पनि समावेश गरि १२ वटा वडाको नगरपालिका बनाइयो।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र संचालन शिक्षा शाखा प्रमुख मण्डलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: