Loktantra Khabar National Weekly
Ad

मलंगवामा ७ दिवसीय महावीर झण्डा मेला सुर

लोकतन्त्र खबर
३० माघ २०८१

मनोज यादव-
सर्लाही,माघ ३०
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न(२ मा ७ दिवसीय महावीर झण्डा मेला सुरु भएको छ ।
धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मलंगवा (२ ९झण्डा बजार० स्थित श्री पब्लिक मावि नजिक आयोजना गरिएको मेलाको मंगलबार एक भब्य समारोहबीच विधिवत उद्घाटन गरिएको छ।
उक्त झण्डा मेलामा सातवटा घोडासहितको कलात्मक रथमा सवार भगवान कृष्ण र अर्जुनको प्रतिमा निर्माण गरिएको भने बजरंगबलीको प्रतीक कलात्मक १०५ फिटको झण्डा दर्शनका लागि स्थापना गरिएको छ । त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौतिक सामाग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, मनोरञ्जनका लागि विभिन्न खेल तमासा,रामहिलोरा झुला,ब्रेकडान्स झुला,ड्रेगन ट्रेन लगायत बच्चाहरुको लागि विभिन्न झुलाको व्यवस्था गरिएको छ ।
माघ २९ गतेदेखि फाल्गुन ५ गतेसम्म संचालन हुने यस मेलामा आउने दर्शनार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनको तर्फबाट चौबीसै घण्टा सुरक्षाकर्मी र ठूलो संख्यामा मेला समितिका स्वयंसेवकहरु परिचालन गरिएको मेला समितिका अध्यक्ष एवं वडा न(२ का वडाअध्यक्ष धिरेन्द्र साहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: