
लोकतन्त्र समाचारदाता—
सर्लाही, माघ १५
श्रमजीवी पत्रकार संघ नेपालको सर्लाही जिल्ला कमिटी गठन भएको छ। श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि सक्रिय रहेको यस संघको आइतवार मलंगवामा सम्पन्न भएको जिल्लाभरीका श्रमजीवी पत्रकारहरुको भेलाबाट पत्रकार अनवर अहमदको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।
श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको
उपस्थितिमा सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष ,महिला उपाध्यक्ष ,सचिव ,सहसचिव र कोषाध्यक्षमा क्रमश: मनोज यादव(ख),अजिता चौधरी ,सुमित महतो,राजिव साह,लक्षमण यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अरोज यादव,राधेश्याम कुशवाहा,सुभाष मण्डल ,अवरार अहमद र विवेक यादव चयन भएको संघले जनाएको छ।
कार्यक्रममा उपस्थित केन्द्रीय अध्यक्ष जैसीले पत्रकारिताको व्यावसायिकता र श्रमजीवी पत्रकारहरूको हकअधिकार सुनिश्चित गर्न संघको भूमिका महत्त्वपूर्ण हुने बताए । साथै उनले जिल्ला कमिटीलाई ऐक्यबद्धताका साथ अघि बढ्न समेत आग्रह गरे।
कार्यक्रममा रौतहट जिल्ला कमिटीका सल्लाहकार रवीन्द्र प्रसाद साह,दिपक कुमार लगायत स्थानीय संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नवगठित कमिटीले सर्लाहीका पत्रकारहरूको पेशागत विकास, सुरक्षा, र अधिकार स्थापनामा काम गर्ने योजना बनाएको छ।