Loktantra Khabar National Weekly
Ad

जुनियर जेसिज मलंगवा २०२५ को लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित

लोकतन्त्र खबर
२० पुष २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही ,पुस २०
जुनियर  जेसिज मलंगवा २०२५ को लागि  अध्यक्ष पदमा रोहन जोगी सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न अधिवेशनबाट  अध्यक्ष पदमा जोगी सहित कार्यकारी उपाध्यक्षमा क्रमशः रितिक मिश्रा,गुड्डु मिकरानी र उपाध्यक्ष पदमा क्रमश:मुस्कान कुमारी झा,आयुषा अधिकारी,मन्दाकिनी झा,तथा शर्व कुमार गुप्ता निर्वाचित  भएको मलंगवा जेसिजका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत जेसी सुवोधहरी राजोपाध्यायले जनाएको छ ।
जुनियर जेसिज मलंगवा २०२५ मा नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनमा भुपु जेसी मुकेश मिश्र,२०२५ का अध्यक्ष जेसी प्रविण गुप्ता ,भुपु अध्यक्ष जेसी राम लखन महतो लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: