Loktantra Khabar National Weekly
Ad

भाँडसरमा जातीय विभेद विरुद्ध सहभोज

लोकतन्त्र खबर
३० मंसिर २०८१

मनोज यादव—
सर्लाही,मंसिर ३०
सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ मा जातीय बिभेद विरुद्ध सामुहिक सहभोज कार्यक्रम गरिएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा मलंगवा न.पा वडा न-५ भाँडसर स्थित महारानी स्थान वडा कार्यालयको प्रांगणमा समाजमा विद्यमान रहेका जातीय भेदभाव तथा छुवाछूत विरुद्ध सचेतनाका लागि अधिबक्ता राजेश पासवानको अध्यक्षता तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय कोषाध्यक्ष गोबिन्द पासवानको प्रमुख आतिथ्यमा सामुहिक सहभोज कार्यक्रम गरिएको हो ।
गत कर्तिक १७ गते स्थानीय दलित शिक्षक कामेन्द्र महरासँग गाउँकै एक भोजमा स्थानीय संजय यादवले जातीय भेदभाव तथा छुवाछूतको अपमानजनक व्यबहार गरेको र सो विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पिडक  यादवले समाजको सामुन्ने क्षमा माग्ने र सामुहिक सहभोज गरि दलित समुदाय सँगै बसेर भोज खाने  सहमती अनुसार उक्त  कार्यक्रमको आयोजना गरिएको  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोविन्द पासवानले जनाएका छन् ।
कार्यक्रममा बिशिस्ट अतिथि पुर्ब मधेस प्रदेश  सभा सदस्य श्यामपरी देबि ,राष्ट्रिय दलित आयोगका पुर्व सदस्य  राम लखन दास,मलंगवा वडा न- ५ का वडाअध्यक्ष मोहम्मद जुल्फ्कार अलि ,पुर्व वडाअध्यक्ष मनोज सहनी ,पिडिय शिक्षक कामेन्द्र महरा ,जय प्रकाश रजक ,इन्सेक प्रतिनिधि बुधन साह ,महिला अधिकारकर्मी ममता साह ,दलित अधिकारकर्मी गोबिन्द पासवान , संजय यादव ,प्रहरी सहयक निरीक्षक राजेश प्रसाद यादव ,शिक्षक राम कलेवर पासवान लगायत २ सय जनाको सहभागीता रहेको थियो।
कार्यक्रमको संचालन रामनरेश मण्डलले गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्: