बखतियार अलि–
सर्लाही १७ मंसिर । रामनगर गाँउपालिका वार्ड नं.३ मा निर्माण भएको गढी माई मंदिरको उदघाटन बिधिवत रुपमा सोमवार सम्पन्न भएको छ । संविधान सभा सदस्य शिवपुजन राय यादवको प्रमुख आतिथ्यतामा गढी माई मंदिरको उदघाटन भव्य रुपमा सम्पन्न भएको हो ।
रामनगर गाँउपालिकाद्धारा आयोजित यस कार्यक्रमको बिशिष्ठ अतिथिद्धय गाँउपालिका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहाले सामुहिक रुपमा गढी माई मंदिरको उदघाटन गरेर आम जनताको आस्था र बिश्वास रहेको यस मंदिरबाट आन्तरिक तथा वाह्रय पर्यटन गा.पा.मा भित्रियाउन टेवा पुग्ने छ, जसबाट स्थानीयहरुले रोजगार पाउने छ ।
व्यापार व्यवसायमा बढोतरी हुने बिश्वास रहेको गा.पा.अध्यक्ष राजाबाबु यादवले भने । मंदिर उदघाटन कार्यक्रममा गढी माईको दर्शन गर्नेहरुको ठुलो भिड देखा परेको थियो । मंदिर उदघाटन कार्यक्रममा बोल्दै संविधान सभा सदस्य शिवपुजन राय यादवले भने बलरा नगरपालिका र रामनगर गाँउपालिकाका लागि यो गढी माई मंदिरले प्रर्यटन प्रवद्धनमा ठुलो टेवा पुर्याउने बताए । जनचाहना अनुसार गढी माई मंदिरको उदघाटन भएको छ ।
आम जनताको चाहना बमोजिम रामनगरमा बिकासको कार्यले गति पाएको संविधान सभा सदस्य यादवको भनाई थियो । बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहाले भने आफु यस कार्यक्रमा बिशिष्ठ अतिथिको रुपमा उपस्थित हुन पाउदा खुसिलागेको बताए ।
गढी माई मंदिरको उदघाटन भएपछि सर्लाही रौतहटका जनताको लागि यो मंदिर आस्थाको केन्द्र बन्ने वहाले बिश्वास व्यतm गरे । बलरा प्रमुख कुशवाहाले थप्दै भने गढी माई मंदिरको उदघाटन संगै रामनगर गाँउपालिकालाई धार्मिक पालिकाको रुपमा भबिष्यमा चिनाउने छ, वहाले जिकिर गरे ।