Loktantra Khabar National Weekly
Ad

गोरखकाली प्रहरी चौकी नजिक नालामा नवजात शिशुको शव बरामद

लोकतन्त्र खबर
१४ मंसिर २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर १४
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित गोरखकाली प्रहरी चौकी नजिकै वडा नम्बर २ झण्डा बजार जाने सहायक सडकमा रहेको होटल छेउको नालामा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेकोको छ।
शुक्रवार बिहान सो बाटो भएर हिंड्ने केही मानिसहरुले उक्त शिशुको शव नालको पानीमा तैरिरहेको अवस्थामा देखेका थिए।
उक्त शिशुको शव मलंगवामा खोलिएका अल्ट्रासाउन्ड क्लिनिकहरु मध्येका कुनै एक क्लिनिकमा एबोर्सन गराएर सो ठाउँमा फालिएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।
केही दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय र मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाले अनुगमन गरि केही अवैध अल्ट्रासाउन्ड क्लिनिकहरुमा तालाबन्दी गरेका थिए। तालाबन्दी गरिएका ती क्लिनिकहरु पुनः  संचालनमा आएपछि भ्रुण हत्या सुरु भएको छ।
मापदण्ड पूरा नगरी संचालन भइरहेका अल्ट्रासाउन्ड क्लिनिकहरुमा तालाबन्दी गरिसकेको अवस्थामा पनि निर्धक्कका साथ चल्नुमा कि त नियमन निकायको कमिकमजोरी देखिन्छ या त अवैध क्लिनिक संचालकहरु सँग मिलेको हुनुपर्छ स्थानीयहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्: