Loktantra Khabar National Weekly
Ad

पेट्रोल पम्पका साहुले कुटपिट गरेको आरोप

लोकतन्त्र खबर
२३ आश्विन २०८१

धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पेट्रोल पम्पमा साहुले एक कामदारलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिकास्थित धनुषा आयल स्टोरमा कार्यरत कार्पेन्टर शेषसफरे आलमले आफूले गरेको कामको वापत रकम माग्दा साहु विजयकुमार साहले कुटपिट गरेको आरोप लगाएका छन् ।

तर साहु विजयकुमार साहले रक्सी सेवन गरी आएका आलमले आफूलाई तथानाम गालीगलौज गर्दै दुव्र्यवहार गरेपछि आफूले प्रतिकार गरेको बताउँदै सो क्रममा आफूले प्रहरीमा पनि भनेपछि पक्राउ गरी लगेको बताए । उनले सबैभन्दा पहिला आफूलाई उनैले दुव्र्यवहार गरेपछि सो घटना भएको बताए ।

यता आलमले भने आफूले काम गरेको वापत पाउनुपर्ने ११ लाख रुपैयाँमध्ये सात लाख ९० हजार रुपैयाँ दिन आनाकानी गरिरहेको आरोप लगाउँदै सो रकम माग गर्दा आफूलाई इलाका प्रहरी कार्यालय भरतपुरमा हिरासतमा बस्नु परेको बताए । 

प्रतिक्रिया दिनुहोस्: