Loktantra Khabar National Weekly
Ad

रियल मड्रिडविरुद्ध चेल्सीको रोमाञ्चक जित

लोकतन्त्र खबर
२३ आश्विन २०८१

युरोपियन महिला च्याम्पियन्स लिगमा चेल्सीले रियल मड्रिडविरुद्ध रोमाञ्चक जित निकालेको छ।

मंगलबार राति भएको खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा क्लबलाई ३–२ ले पराजित गर्यो।

चेल्सीको जितमा नुस्केन, गुरो राइटेन र रामिरेजले गोल गरेका हुन्। भ्रमणकारी टोली रियालको लागि अल्बा रेडोन्डो र काइसेडोले गोल गरे।

खेलसँगै पछिल्लो पटक सेमिफाइनल खेलेको चेल्सीले सानदार सुरु गरेको छ। पहिलो खेलमै टोलीले तीन अंक जोड्न सफल भयो।

समूह ‘बी’ मा चेल्सी र ट्वेन्टीको समान तीन अंक छ। रियाल र सेल्टिकले हारबाट प्रतियोगिता सुरु गरे। गएराति नै भएको अर्को खेलमा ट्वेन्टीले सेल्टिकलाई २–० गोलले हरायो।

समूह एमा भएको खेलमा रोमाले उल्फबर्गलाई १–० ले हराउँदा ओलम्पिया लियोनिसले गालातासारेलाई ३–०ले पराजित गर्‍यो। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: