Loktantra Khabar National Weekly
Ad

गोरखामा क्रेन दुर्घटना: बारा जिल्लाका प्रिन्सको मृत्यु

लोकतन्त्र खबर
२१ आश्विन २०८१

गोरखा। गोरखा नगरपालिका-१०, हुल्चेमा आइतबार साँझ क्रेन दुर्घटनामा परी बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ निवासी १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गरिरहेका अन्सारी क्रेन दुर्घटनामा परेका थिए।

प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माका अनुसार, दुर्घटना साँझ ८ बजेतिर भएको थियो, जब नम्बर नखुलेको क्रेनको ब्रेक फेल भएपछि क्रेन २० मिटर तल खोलामा खस्न पुगेको थियो। सोही प्रालिमा काम गरिरहेका अन्सारीलाई क्रेनले चेप्दा घटनास्थलमै उनको मृत्यु भएको हो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरेको छ भने मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको शव गृहमा राखिएको छ।

उक्त घटनामा संलग्न क्रेन चालक, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३० निवासी २४ वर्षीय अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: