Loktantra Khabar National Weekly
Ad

कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

लोकतन्त्र खबर
२१ आश्विन २०८१

विराटनगर । मोरङमा सडक दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।

अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । अनलाइन नेपाल 

 

प्रतिक्रिया दिनुहोस्: