Loktantra Khabar National Weekly
Ad

ललितपुरमा एक पुरूषको शव फेला

लोकतन्त्र खबर
२० आश्विन २०८१

ललितपुरमा एक जनाको शव भेटिएको छ।

ललितपुर महानगरपालिका-१८ हार्मोनी कोलनी सि ब्लक नजिकै एक पुरूषको शव भेटिएको हो।

आइतबार बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए।

‘अहिलेसम्म पहिचान खुल्न सकेको छैन, शव पाटन अस्पताल पठाएका छौं,’ एसपी पौडेलले भने, ‘बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरेका छौं। थप अनुसन्धान भइरहेको छ।’सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: