Loktantra Khabar National Weekly
Ad

जीतपुरसिमरा नगर अस्पतालमा ४.७५ केजिको शिशुको सफल नर्मल डिलेभरी

लोकतन्त्र खबर
२० आश्विन २०८१

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सञ्चालित नगर अस्पतालले शुक्रवार ४.७५ किलो तौलको शिशुको सफल नर्मल डेलिभरी गराएको छ। यो जीतपुरसिमरा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तौलको शिशुको सफल प्राकृतिक प्रसूति हो ।

उपमहानगरपालिका जैतापुर निवासी मनीषा चौधरीले सो तौलको शिशुलाई जन्म दिनुभएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार, शिशुको जन्म सफलतापूर्वक नर्मल डेलिभरीमार्फत सम्भव भएको हो, जसमा चिकित्सक टोलीको उच्च मिहिनेत र दक्षता मुख्य भूमिका खेल्यो ।

“अस्पतालमा यो पहिलो पटक यति धेरै तौलको शिशुको नर्मल डेलिभरी सफलतापूर्वक सम्पन्न भएको छ,” डा. साहले भने ।

साथै, अस्पतालको सेवा गुणस्तरमा सुधार हुँदै गएको र स्थानीयवासीले पनि अस्पतालमा विश्वास गर्न थालेको कुरा उनले बताए । यससँगै अस्पतालमा बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको पनि उल्लेख गरिएको छ ।

शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको अस्पतालले जानकारी दिएको छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: