Loktantra Khabar National Weekly
Ad

मलंगवा– नवलपुर यात्रा गर्दा ३० रुपैया छुट

लोकतन्त्र खबर
१७ आश्विन २०८१

बखतियार अलि–
सर्लाही १७ असोज । मलंगवा देखि नवलपुर वा नवलपुरबाट मलंगवा आउदा असोज १८ गते शुक्रवार देखि रु ३० रुपैया यात्रुहरुले छुट पाउने भएको छ । बिजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा यात्रुहरुलाई रु ३० रुपैया छुट दिने मलंगवा यातायात प्रा.लि.का अध्यक्ष दिपलाल महतोले बताउनु भएको हो ।

 

मलंगवा देखि नवलपुर जादा रु १०० रुपैया भाडा दर कायम रहेकोमा शुक्रवार देखि मात्र रु ७० रुपैया दिनु पर्ने भएको छ । चाडपर्वको अवसरमा बिशेष छुट दिने अध्यक्ष महतोले घोषणा गरेको लोकतन्त्रलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: