Loktantra Khabar National Weekly
Ad

हेटौंडाबाट सुनसहित एक जना पक्राउ

लोकतन्त्र खबर
१६ आश्विन २०८१

हेटौंडा । हेटौंडाबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । ४९०.८८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार सुनसहित भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सर्राफलाई चेकजाँच गर्दा उनले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा सुन बरामद भएको थियो । बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको प्रहरीको भनाई छ ।

उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको र उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: