बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ परेका छन् ।
बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुबैलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडा नम्बर १२ घर भएका बब्ब्लु महतो र वडा नम्बर १७ घर भएका दिपेन्द्र राउत छन् ।
दिपेन्द्रलाई ड्युटीमै खटिएकाबेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो ।
‘जाहेरी आउन बाँकी छ। कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुँदैछ,’ धनुषाका डिएसपी रञ्जन अवाले भने । सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: