Loktantra Khabar National Weekly
Ad

‘जेरी अन टप’ मा सुरक्षा पन्त अनुबन्धित

लोकतन्त्र खबर
१० आश्विन २०८१

सुयोग गुरूङको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्। निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो ।

‘महत्वपूर्ण भूमिकाको लागि सुरक्षाजी अनुबन्ध हुनुभएको छ,’ निर्माता सरोज न्यौपानेले भने, ‘उहाँको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।’

यो फिल्मको प्रमुख कलाकारमा अभिनेता अनमोल केसीसँगै अभिनेत्रीहरू आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन्। निर्माता न्यौपानेले दर्शकको रोजाइ र चाख अनुसार फिल्म बनाउने बताए ।

यो फिल्मको निर्माणमा अनन्या फिल्मस्’सँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् ।

‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो। फिल्मको स्क्रिप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्। फिल्म यसै साताबाट फ्लोरमा जान लागेको जनाइएको छ ।

फिल्मको प्रदर्शन भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: