Loktantra Khabar National Weekly
Ad

सशस्त्र प्रहरीद्वारा १३ लाख बढीकाे भन्सार छलीका सामग्री बरामद

लोकतन्त्र खबर
१० आश्विन २०८१

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १३ लाख भन्दा बढीकाे भन्सार छलिकाे सामान बरामद गरेकाे छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीकाे नेतृत्वमा खटिएकाे माेबाइल टाेलीले १३ लाख २४ हजार १८९ रूपैयाँ बराबरको सामान बरामद गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित विभिन्न सीमा नाकाहरुमा चेकजाँच गर्ने  क्रममा   सामान बरामद भएकाे सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार  भारतबाट अबैध रुपमा भन्सार छली आउँदै गरेकाे BR 05 N 5246 नम्बरको मोटरसाइकलमा तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको कपडा, मोटरपाट्स तथा किराना सामान बरामद गरिएकाे हाे ।

बरामद सामानलाऊ माेटरसाइकलसहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएकाे सिंहले जानकारी दिए ।

यस्तै  बि.ओ.पि. अमरपट्टीबाट खटिएको मोटरसाइकल.र गस्ती टोलीले पर्साकाे विन्दवासिनी गाउपालिका -३ भलुवा सीमा ईलाकाबाट ५० हजार बराबरको कपडा बरामद गरेकाे छ ।

सुवेश बेलवाबाट खटिएको टोलिले  ७०  हजार बराबरको २८ क्यु.फिट. २ वटा सालको गोलिया नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाएको छ ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: