
लोकतन्त्र समाचारदाता— सर्लाही,साउन ३०
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित रहेको आर-लैबमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बुधबार एक कार्यक्रमका बिच आर-लैबका तर्फबाट संचालक कृष्ण पंडित र प्रभु बैंकका तर्फबाट मलंगवा शाखाका शाखा प्रबन्धक राधेश्याम प्रसाद साहले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु,मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले उक्त लैबबाट सबै किसिमका प्याथोलोजी सेवा र होलबढी चेकअपमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै नेपालका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
यस बैंकले सबै नागरिककको बैंकिङ्ग पहुँचमा वृद्धि गर्दै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुर्याएको छ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको मलंगवा शाखाका प्रबन्धक साहले जनाएको छ ।
अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको साहले जनाएको छ ।